अरिंगालको टोकाइबाट एकजनाको मृत्यु

हिमाल प्रेस १५ कार्तिक २०८० १६:११
4
SHARES
अरिंगालको टोकाइबाट एकजनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- इलाममा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। इलाम नगरपालिका–१२, साङरुम्बामा मंगलबार छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रुखमा रहेको अरिंगालले टोकेको थियो।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सन्तोष लिम्बू रहेका छन्। अरिंगालले टोकेर घाइते भएका उनको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अरिंगालले टोकेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =