मंसिर २९ मा आउँदै ‘जम्प’

हिमाल प्रेस १५ कार्तिक २०८० १४:०५
6
SHARES
मंसिर २९ मा आउँदै ‘जम्प’

 काठमाडौँ-  फिल्म ‘जम्प’ मंसिर २९ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै मिति घोषणा गरेका हुन्।

आशुतोष ध्वज कार्कीले निर्देशन रहेको फिल्म साइकोलोजी थ्रिलर जनरामा बनेको छ। निर्देशक कार्कीकै लेखन रहेको फिल्ममा विनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल कडेललगायत कलाकारको अभिनय छ।

फिल्म कथा प्रोजेक्ट्स इन्डिपेन्डेन्ट स्टुडियो र क्रियटिभ माकुरा मिडिया प्रोडक्सनको सहकार्यमा निर्माण भएको छ। फिल्मका कार्यकारी निर्माता इशा खड्का हुन्। यही मितिमा उदय सुब्बाको निर्देशनमा बनेको फिल्म ‘दुई कदम’ पनि प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =