काठमाडौँको गोठाटारमा गोली चल्यो, भारतीय नागरिक घाइते

हिमाल प्रेस १५ कार्तिक २०८० १३:४३
94
SHARES
काठमाडौँको गोठाटारमा गोली चल्यो, भारतीय नागरिक घाइते सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको गोठाटारमा गोली चलेको छ। ब्राउन सुगर कारोबार गर्दै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गोली चलाएको हो।

प्रहरीले हानेको गोली लागेर भारतीय नागरिक मोहम्मद करिम घाइते भएका छन्। उनको घुँडाभन्दा तल गोली लागेको छ। त्यस्तै अर्का एक नेपाली पनि पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले हिमालप्रेसलाई जानकारी दिए। उनले भने, ‘विशेष सूचनाका आधारमा अनुसन्धानका लागि पुगेको टोलीमाथि नै आक्रमण गर्न लागेपछि प्रहरीले गोली हानेर २०० ग्राम ब्राउन सुगरसहित मोहम्मदलाई पक्राउ गरेको छ। अर्का एक जना पनि पक्राउ परेका छन्।’

उनीहरूको साथबाट केही थान हतियार पनि बरामद गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =