‘महाजात्रा’को शुभमुहूर्त

हिमाल प्रेस १५ कार्तिक २०८० १२:५२
12
SHARES
‘महाजात्रा’को शुभमुहूर्त

काठमाडौँ– प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ को शुभमुहूर्त गरिएको छ। बुधबार  काठमाडौँस्थित स्वयम्भूको बिजेश्वरी मन्दिरमा बौद्ध परम्पराअनुसार शुभमुहूर्त गरिएको हो।

मुर्हूतमा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, वर्षा राउत,  गौमाया गुरुङ, शिशिर बाङ्देललगायत उपस्थित थिए।

फिल्मको छायांकन आजबाटै सुरु हुने निर्माण टिमले जनाएको छ। फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत,  दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल, सुमन कार्की, प्रेम पाण्डेलगायत कलाकारको अभिनय रहनेछ।

छायांकनअगाडि नै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। षट्कोण आर्ट्सको ब्यानरमा बन्ने फिल्मका निर्माता दीपेश खत्री (म्याक्स्) र यज्ञश्वर पौडेल हुन्। कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ भएको ‘महाजात्रा’ फिल्म ‘जात्रा’को तेस्रो शृङ्खला हो। फिल्म ‘जात्रा’ २०७३ सालमा र ‘जात्रै जात्रा’ २०७६ सालमा प्रदर्शन भएको थियो। फिल्मको प्रदर्शन मिति चैत ९ तोकिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =