यस्तो छ आजको मौसम

हिमाल प्रेस १५ कार्तिक २०८० ६:२६
6
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: १५ कार्तिक २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =