आर्मी र मधेश प्रदेश केपी ओली क्रिकेटको फाइनलमा

हिमाल प्रेस १४ मंसिर २०८० १८:२३
16
SHARES
आर्मी र मधेश प्रदेश केपी ओली क्रिकेटको फाइनलमा

पोखरा- विभागीय त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबार सेमिफाइनल खेल जित्दै यी २ टिम उपाधिका लागि शुक्रबार पोखरा रंगशालाको क्रिकेट मैदानमा आमनेसामने हुने छन्।

प्रथम सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनल पुगेको हो। समूह ‘डि’ को आर्मी समूह विजेता हुँदै सेमिफाइनल खेलेको हो। १२८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। जसमा भीम सार्कीले उत्कृष्ट इनिङ खेले। उनले ३५ बलमा ३९ रन जोडे।

सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे। कुशल मल्लले ८ बलमा २७ रन जोडे। विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए। बलिङतर्फ कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रीत गौतम र सोनु देवकोटाले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। बागमतीका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ५० रनको पारि खेले। बागमतीका कप्तान सन्दीपले १९, रीत गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए।

बलिङतर्फ आर्मीका साहव आलमले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए। सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिए। दोस्रो सेमिफाइनलमा विभागीय एपीएफलाई ११ रनले हराउँदै समूह ‘सि’ शीर्ष टोली मधेश फाइनल पुगेको हो।

१९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रनमै समेटिएको थियो। जवाफी व्याटिङमा २२ रनमा नै २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले शतकीय साझेदारी गरे पनि जीतका लागि पर्याप्त भएन।

जोरा ५४ रन बनाएर आउट भए। प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्की १३, सुमित महर्जनले १३, असिफ शेखले ४, पुरन विकले ४, अरुण ऐरी र अमर रौटेला शून्य रनमा आउट भए। बलिङतर्फ मधेशका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २–२ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनायो।

मधेशका लागि अनिल शाह र इम्रान शेखले अर्धशतक प्रहार गरेका थिए। शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन्। पवन सराफले ३३ रन रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएका थिए। बलिङमा एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ विकेट र पूरन विकले १ विकेट लिएका थिए।

विजेताले ५ लाख नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै म्यान अफ दि सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २० हजार प्राप्त गर्ने छन्। १२ टिमले भाग लिएको प्रतियोगिताको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

प्रकाशित: १४ मंसिर २०८० १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =