परिषद् भेला तोकिएको समयभित्रै सम्पन्न गर्न विद्यालय कर्मचारीको निर्देशन

हिमाल प्रेस १३ मंसिर २०८० ११:१८
4.5k
SHARES
परिषद् भेला तोकिएको समयभित्रै सम्पन्न गर्न विद्यालय कर्मचारीको निर्देशन नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी।

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले स्थानीय, जिल्ला र प्रदेश कार्यसमितिलाई तोकिएको समयभित्र परिषद् भेला गर्न निर्देशन दिएको छ। परिषद्को सोमबार बसेको भर्चुअल बैठकको निर्णयबमोजिम भेला गर्न निर्देशन गरिएको हो।

अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले स्थानीय, जिल्ला र प्रदेश कार्यसमितिलाई पत्र पठउँदै पुस १५ गतेसम्म स्थानीय परिषद् र ३० गतेसम्म जिल्ला र प्रदेश परिषद् भेला सम्पन्न निर्देशन दिएका हुन्।

परिषद्ले परिषद् भेला प्रतिनिधिका रूपमा केन्द्रीय अध्यक्ष तिवारी र महासचिव योगीसहितलाई खटाएको छ।  केन्द्रीय प्रतिनिधिका रूपमा कोशी प्रदेशमा प्रदीप श्रेष्ठ, मधेशमा गंगाराम तिवारी, बागमतीमा रामप्रकाश कुमाई, गण्डकीमा शान्तिनाथ योगी, लुम्बिनीमा बालकृष्ण न्यौपाने, कर्णालीमा गंगाप्रसाद नेपाल र सुदूरपश्चिममा प्रेमबहादुर खत्री तोकिएका छन्।

सम्बन्धित प्रतिनिधिहरूलाई मातहत कमिटीको सांगठनिक, आर्थिक प्रतिवेदनमा वर्तमान परिवेश, आगामी रणनीति एवम् सांगठनिक दिशानिर्देशसम्बन्धी सुझाव समेट्न अनुरोध गरिएको छ।

प्रकाशित: १३ मंसिर २०८० ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =