कोशी : आर्थिक अध्यादेश प्रतिस्थापन विधेयक पारित

हिमाल प्रेस १० मंसिर २०८० १९:२३
6
SHARES
कोशी : आर्थिक अध्यादेश प्रतिस्थापन विधेयक पारित कोशी प्रदेशसभा बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ।

प्रदेशसभाको आइतबारको बैठकले आर्थिक अध्यादेश प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पारित गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले पेस गरेको विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा भदौ २२ गते गठन भएको सरकारले जारी गरेको अध्यादेश प्रतिस्थापन विधेयक पारित भएको हो।

यसअघि जेठ ३२ गते कार्की नेतृत्वको सरकारले नै ल्याएको अध्यादेश त्यसपछि बनेको उद्धव थापा नेतृत्वको सरकारले प्रतिस्थापन गर्न नपाई निष्क्रिय भएपछि पुनः बनेको कार्की नेतृत्वको सरकारले अध्यादेश जारी गरेको थियो।

प्रकाशित: १० मंसिर २०८० १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =