‘फर्की फर्की’को शुभ मुहूर्त

हिमाल प्रेस ८ मंसिर २०८० १३:१७
40
SHARES
‘फर्की फर्की’को शुभ मुहूर्त

काठमाडौँ– फिल्म ‘फर्की फर्की’ को शुभ मुहूर्त गरिएको छ। शुक्रबार  ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा बिहान शुभ मुहूर्त गरिएको हो।

लभस्टोरी जनरामा बन्ने भनिएकाे फिल्ममा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिका रहनेछन्। अन्य कलाकार कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे, प्रेम पाण्डे र नयाँ कलाकार  समृद्धि अर्याल, रवि काफ्लेलगायतकाे अभिनय रहनेछ। फिल्म सुयोग गुरुङले निर्देशन गर्नेछन्।

फिल्मको छायांकन मंसिर ११ मा पोखराबाट सुरु गरिने निर्माण टिमले जनाएको छ। काठमाडौँ र पोखरालगायत क्षेत्रमा नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।  फिल्ममा निर्देशक सुयोगकै कथा तथा पटकथा रहनेछ।

टिमले यसअघि आगामी जेठ ११ गतेलाई प्रदर्शन तोकिसकेकाे छ। फिल्म रोहित अधिकारी र ओम अग्रवालको लगानीमा निर्माण हुनेछ।

निमेष श्रेष्ठको सम्पादन गर्ने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशन रहनेछ। फिल्मकाे  प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे रहेका छन्।

 

प्रकाशित: ८ मंसिर २०८० १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =