‘सतीदेवी’को पहिलो पोस्टर सार्वजनिक

हिमाल प्रेस ७ मंसिर २०८० १५:३२
82
SHARES
‘सतीदेवी’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौँ– लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतिदेवी’को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्देशक सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टरमा एक महिला जुत्ताको माला र कालोमोसोसहित गाउँबाट निकाला गरिएको देख्न सकिन्छ। उनलाई गाउँलेहरु लखेटिरहेका छन्। उनी हुन् फिल्मकी मुख्य पात्र मलिका महत।

सामाजिक कथामा आधारित फिल्ममा बाबु छोरीबीचको स्नेहलाई देखाउन खोजिएको छ। उनीहरुको सम्बन्धमा आउने अवरोह र समाजले हेर्ने गलत सोचलाई चिर्न खोजेको निर्देशक सुवेदीले बताएका छन्। फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन्। फिल्मको लेखन, गीत, निर्माण निर्देशक लक्ष्मणले नै गरेका  छन्।

मलिकासहित फिल्ममा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशीलगायत कलाकारले अभिनय गरेका छन्।

बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा तारा थापा ‘किम्भे’ को सम्पादन, दीपक शर्मा र सुवास भुसालको संगीत छ। फिल्मका निर्माता दिलसा, सारा र श्रीदेवी सुवेदी हुन्। फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =