टिकटक खुलेको भए जानकारी गराउनू : दूरसञ्चार प्राधिकरण

हिमाल प्रेस ४ मंसिर २०८० ८:५२
8
SHARES
टिकटक खुलेको भए जानकारी गराउनू : दूरसञ्चार प्राधिकरण

काठमाडौँ- दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकको प्रयोग/पहुँच भइरहेको भए जानकारी गराउन सूचना जारी गरेको छ।

उसले इन्टरनेटको कुनै माध्यमबाट टिकटक खुलिरहेको छ भने जानकारी गराउन भनेको हो।

‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोवाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन दिइसकिएको र सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि सूचना पनि प्रकाशन गरिसकिएकोमा प्राधिकरणको निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ।

सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।

प्रकाशित: ४ मंसिर २०८० ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =