जापानसामु नेपालद्वारा ११४ रनको लक्ष्य प्रस्तुत

हिमाल प्रेस २ मंसिर २०८० ८:५६
10
SHARES
जापानसामु नेपालद्वारा ११४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ- हङकङमा जारी चार देश सम्मिलित महिला टि २० आई श्रृंखला अन्तर्गतको खेलमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो। नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन्।

चौथो नम्बरमा ब्याटिङ गर्न आएकी रुविना अन्तिम ओभरमा आउट भएकी थिइन्। इन्दु र रुविनाले तेस्रो विकेटका लागि ३० बलमा ४८ रनको आक्रामक साझेदारी गरेका थिए।

नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए। पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् । यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन जोडिन्।

कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको इनिङ खेलिन्। यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै नटआउट रहिन्। अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन्।

जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन्। आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन्।

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै श्रृंखलाको फाइनल खेल्ने दौडबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो।

नेपालले भोलि तेस्रो स्थानको लागि हुने प्लेअफमा जापानकै सामना गर्नेछ।

प्रकाशित: २ मंसिर २०८० ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =