रेशम चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगन

हिमाल प्रेस १ मंसिर २०८० १५:१०
84
SHARES
रेशम चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगन रेशम चौधरी

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज पनि स्थगनमा परेको छ। उनको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलास तोकिए पनि इजलास आज बस्न नभ्याएको भन्दै सुनुवाइ स्थगन गरिएको हो।

यसअघि पनि उक्त रिटमाथिको सुनुवाइका लागि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हेर्न नभ्याइने सूचीमा परेको थियो।

तिहारपछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परे पनि सुनुवाइ नभएको हो। टीकापुर घटनामा जन्मकैद सजाय सुनाइएका चाैधरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय माफी मिनाहा गरेपछि गत जेठ १५ गते छुटेका थिए।

चौधरी रिहा भएलगत्तै कैलालीको टीकापुर घटनामा मारिएका तत्कालीन इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा कठायतले माफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।

प्रकाशित: १ मंसिर २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =