अपराधीलाई नियन्त्रणमा लिन बाँके प्रहरीले चलायो गोली

हिमाल प्रेस १ मंसिर २०८० १५:०३
574
SHARES
अपराधीलाई नियन्त्रणमा लिन बाँके प्रहरीले चलायो गोली

काठमाडौँ– बाँके प्रहरीले गोली हानेर शुक्रबार एकजनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीका अनुसार कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको हो।

उनको खुट्टामा गोली लागेको छ। राना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीले जनाएको छ। दुई दिनअघि रानाले बाँकेका मीनबहादुर विकमाथि खुकुरी प्रहार गरेका थिए। भारतको लखनउमा उनको उपचार भइरहेको छ।

खुकुरी प्रहारपछि फरार रानाको खोजीमा खटिएको प्रहरी टोली देखेपश्चात् उनी भाग्ने कोसिसमा थिए। त्यसपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी प्रहरीको खोजी सूचीमा थिए।

प्रकाशित: १ मंसिर २०८० १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =