अस्ट्रेलियालाई साउथ अफ्रिकाले दियो २१३ रनको लक्ष्य

हिमाल प्रेस ३० कार्तिक २०८० १९:०१
10
SHARES
अस्ट्रेलियालाई साउथ अफ्रिकाले दियो २१३ रनको लक्ष्य

काठमाडौँ- विश्वकप क्रिकेट २०२३को दोस्रो सेमिफाइनलमा साउथ अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ।

कोलकातास्थित इडेन गार्डन स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुँदै २१२ रन बनाएको हो।

उसका लागि डेविड मिलरले ११६ बलमा १०१ रनको योगदान दिए। १ रन बनाउँदा पहिलो विकेट गुमाएको साउथ अफ्रिकाले २४ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। त्यसपछि हेन्रिक क्लासेन र मिलरले पारी उकासे।

क्लासेनले ४८ बलमा ४७ रन बनाए। साउथ अफ्रिका लागि गेराल्ड कोट्जीले बनाएको १९ रन नै तेस्रो सर्वाधिक व्यक्तिगत स्कोर बन्यो।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट क्युम्मिन्सले ३-३ तथा जोश हेजल्वुड र ट्रेविस हेडले २-२ विकेट लिए। बिहीबार भइरहेको उक्त खेल जित्ने टिमले आइतबार भारतसँग विश्वकप फाइनल खेल्नेछ। भारतले बुधबार न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ।

विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनल अस्ट्रेलियासँग ब्याटिङ गर्दै साउथ अफ्रिका

प्रकाशित: ३० कार्तिक २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =