आगोलागीबाट चीनमा २५ जनाको मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०८० १७:३१
12
SHARES
आगोलागीबाट चीनमा २५ जनाको मृत्यु

बेइजिङ- उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ। आगलागीमा घाइते भएका अरु दर्जनौँलाई अस्पताल लगिएको सरकारी सञ्चारमाध्यमले बताएको छ। लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आगलागीमा परेर २५ जनाको मृत्यु भएको जनाएको छ। यसअघि सीसीटीभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो।

यद्यपि टिभीले अस्पतालमा लगिएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन। ‘उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ’, सीसीटीभीले भनेको छ, ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ।’ रासस

प्रकाशित: ३० कार्तिक २०८० १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =