बढी शतकको रेकर्डमा विराटलाई तत्काल कसले भेट्ला?

हिमाल प्रेस ३० कार्तिक २०८० १७:००
32
SHARES
बढी शतकको रेकर्डमा विराटलाई तत्काल कसले भेट्ला?

काठमाडौँ- एक दिवसीय क्रिकेटमा ५० शतक बनाउँदै भारतीय ब्याटर विराट कोहलीले सबैभन्दा बढी शतक बनाउने रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन्।

यसअघि भारतकै सचिन तेन्दुलकरका नाममा रहेको ४९ शतकको रेकर्ड तोड्दै कोहलीले उक्त कीर्तिमान राखेका हुन्। कोहलीले २७९ इनिङ्समा ५० शतक बनाउँदै सबैभन्दा बढी शतक बनाउने खेलाडी बनेका हुन्।

कोहली र सचिन पछि भारतका कप्तान रोहित शर्मा सबैभन्दा बढी शतक बनाउनेमा तेस्रो नम्बरमा छन्। उनले २५३ इनिङ्समा ३१ शतक बनाएर बढी शतक बनाएका छन्। त्यसपछि अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ ३० शतक बनाउँदै बढी शतक बनाउने खेलाडीका रूपमा चौथो नम्बरमा छन्।

उनले ३६५ इनिङ्समा उक्त शतक बनाएका थिए। त्यस्तै श्रीलंकाका सनद जयसूर्य बढी शतक बनाउने खेलाडीका रूपमा पाँचौं स्थानमा छन्। उनले ४३३ इनिङ्समा २८ शतक बनाएका थिए।

सचिन, पोन्टिङ र जयसूर्यले अन्तर्राष्ट्रय क्रिकेटबाट करिब एक दशकअघि नै सन्यास लिइसकेका छन्। रोहिक शर्मा उमेरले पनि विराटभन्दा सिनियर र शतकमा निकै पछाडी रहेकाले तत्काल विराटको रेकर्ड तोड्ने सम्भावना देखिँदैन।

कीर्तिमानी कोहली, सानदार शामी

भारत आईसीसी विश्वकपको फाइनलमा

प्रकाशित: ३० कार्तिक २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =