महिला टी २० क्रिकेटमा नेपालको लगातार दोस्रो हार

हिमाल प्रेस ३० कार्तिक २०८० १४:११
12
SHARES
महिला टी २० क्रिकेटमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ- चार राष्ट्र सम्मिलित महिला टी २० क्रिकेट शृंखलामा हङकङविरुद्ध नेपालले लज्जास्पद हार व्यहोरेको छ। नेपालले दिएको ५७ रनको लक्ष्य हङकङ चाइनाले एक विकेट गुमाएर ८ औँ ओभरमा भेट्टाएको हो।

जितका लागि हङकङका ओपनर नताशा माइल्सको अविजित ३० रन र सान्जिन शहजादको अविजित २० रनमा हङकङले नेपालविरुद्ध सहज जित निकालेको हो।

ओपनर माइल्सले ४ चौकाको मद्दतले अविजित ३० रनको इनिङ्स खेलिन्।

हङकङका मारिको हिल ५ रनमा रनआउट भएकी थिइन्। उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिइन्।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो । नेपालका अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनरद्वय पुजा महतो ४ र सिताराना मगर ९ रनमा आउट भएको खेलमा सम्झना खड्का १ रनमा पोविलियन फर्किएका थिए। कप्तान इन्दु वर्मा र काजल श्रेष्ठ शून्य रनमा आउट हुदाँ उपकप्तान बिन्दु रावल र कन्चन श्रेष्ठ १ रनमा र अश्मिना कर्मचार्य शून्य रनमा पोविलियन फर्किएका थिए।

हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिइन् । सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक-एक विकेट हात पारिन्।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने थियो। पछिल्लो हारले नेपाल सिरिजबाट बाहिरिएको छ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ। नेपालले सिरिजको अन्तिम खेल जापानविरुद्ध खेल्नेछ।

प्रकाशित: ३० कार्तिक २०८० १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =