विश्वकप एसिया छनोट : यूएईसँग भिड्दै नेपाल

हिमाल प्रेस ३० कार्तिक २०८० ७:११
14
SHARES
विश्वकप एसिया छनोट : यूएईसँग भिड्दै नेपाल फाइल तस्बिर

काठमाडौँ- फिफा विश्व कप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आाज नेपालले यूएईसँग खेल्दैछ। समूह एचअन्तर्गत दुबईको अल मकूम स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति साढे ९ बजे सुरु हुने छ।

नेपाल आफूभन्दा १ सय ४ स्थानमाथि रहेको यूएईलाई स्तब्ध पार्दै दोस्रो चरणको छनोटमा सुखद सुरुवात गर्ने योजनामा हुने छ। विश्व वरियताको १ सय ७३ औं स्थानमा रहेको नेपालले अन्तिम खेलमा लाओसलाई पराजित गर्दै छनोटको दोस्रो चरणमा स्थान बनाएको हो।

घरेलु लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा १-० को जितसहित समग्रमा नेपालले लाओसविरुद्ध २-१ को नतिजा निकालेको थियो। ​

 

प्रकाशित: ३० कार्तिक २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =