भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य

हिमाल प्रेस २९ कार्तिक २०८० १८:२३
10
SHARES
भारतले न्युजिल्यान्डलाई  दियो ३९८ रनको लक्ष्य

काठमाडौँ- भारतले आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई तीन सय ९८ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखडे क्रिकेट मैदानमा बुधबार टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ९७ रन बनाएको हो।

भारतका श्रेयस ऎर र विराट कोहलीले शतक बनाएका छन्। ब्याटर ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित एक सय ५ रन बनाए भने विराट कोहलीले एक सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकीय इनिङ खेलेका छन्।

कोहली ओडीआईमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन्। उनले सचिन तेन्दुलकरको ४९औँ शतकको कीर्तिमान तोडेका हुन्। कोहलीको यो ओडीआई करिअरको ५० औँ शतक हो।  ब्याटर शुभमन गिलले ६५ बलमा ८ चौका र ३ छक्कासहित ८० रन बनाएर नटआउट रहे।

कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोडेका थिए। केएल राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहेका थिए। न्युजिल्यान्डका ट्रेन्ट बोल्टले एक विकेट लिका थिए भने टिम साउथीले तीन विकेट लिएका थिए।

प्रकाशित: २९ कार्तिक २०८० १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =