यस कारण बन्द गरियो टिकटक

हिमाल प्रेस २७ कार्तिक २०८० १४:१८
18
SHARES
यस कारण बन्द गरियो टिकटक

काठमाडौँ- अबको केही घण्टामा नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ। मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपाल टेलिकमका प्राविधिकहरू त्यस काममा जुटेका छन्।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने।’

मन्त्रालयमार्फत नेपाल टेलिकमका अधिकारीहरू टिकटकलाई बन्द गराउन सक्रिय भएका छन्। टेलिकमका एक उच्च अधिकारीले भने, ‘बढीमा चार घण्टामा मोबाइलमा टिकटक बन्द भइसक्छ।’

सामाजिक सद्भाव बिथोलेको, लाइभमा बसेर अनैतिक गतिविधि प्रस्तुत गरेको, मान्छेको मृत्यु भएको ठाउँमा समेत मानवीय संवेदना विपरीतका गतिविधि गरेको जस्ता विषयमा हेलो सरकारमार्फत धेरै गुनासो आएपछि टिकटक बन्द गर्ने निर्णय भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले  जानकारी दिए।

‘घरपरिवार र सामाजिक सद्भावसमेत बिथोलेको भनेर नागरिकस्तरबाट उजुरीको चाप बढेपछि बन्द गर्ने निर्णय गरिएको हो’, मन्त्री श्रेष्ठले भने।

प्रकाशित: २७ कार्तिक २०८० १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =