बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने

हिमाल प्रेस २४ कार्तिक २०८० २०:११
8
SHARES
बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत

काठमाडौँ- तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ।

सर्वोच्च अदालत प्रशासनले आज (शुक्रबार) जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ।

प्रकाशित: २४ कार्तिक २०८० २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =