भूकम्प पीडितको राहत उद्धारका लागि सबैले हातेमालो गरौँ : प्रधानमन्त्री

हिमाल प्रेस १८ कार्तिक २०८० १४:२७ | Saturday, November 4, 2023
भूकम्प पीडितको राहत उद्धारका लागि सबैले हातेमालो गरौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन्। ‘पीडितलाई राहत र घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल र नागरिक समाजमा अपिल गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पको क्षति बुझ्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति अहिले आफू प्रभावित क्षेत्रमा रहेको उनले जनाएका छन्।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा १३६ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: १८ कार्तिक २०८० १४:२७ | Saturday, November 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast