भूकम्पपीडितलाई राहत घोषणा गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस १८ कार्तिक २०८० १३:४६ | Saturday, November 4, 2023
भूकम्पपीडितलाई राहत घोषणा गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरिने उनले बताए।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परी १३८ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १३:४६ | Saturday, November 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast