टिकटक बन्द गर्ने सरकारी निर्णयको प्रधानमन्त्री प्रचण्डले गरे बचाउ

हिमाल प्रेस २८ कार्तिक २०८० १५:०४ | Tuesday, November 14, 2023
टिकटक बन्द गर्ने सरकारी निर्णयको प्रधानमन्त्री प्रचण्डले गरे बचाउ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने सरकारी निर्णयको बचाउ गरेका छन्। मंगलबार नेपाल सम्वत्‌का अवसरमा आयोजित कार्यक्रममा उक्त बचाउ गरेका हुन्।

उनले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल पार्नबाट बचाउने उद्देश्यले सामाजिक सञ्जाल नियन्त्रण गर्नुपरेको बताए।

भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द गर्ने निर्णय लिनुपरेको बताए।

उनले देशभित्रका सबै राजनीतिक दलसँगको बहस र सहमति तथा अन्तर्राष्ट्रियस्तरमा भएको अभ्यासलाईपनि ध्यान दिएर टिकटक बन्द गरिएको दाबी गरे।

सरकारको निर्णयमा पक्ष बिपक्ष भए पनि सरकारको उद्देश्य अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको उनको भनाइ थियो।

टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना

यस कारण बन्द गरियो टिकटक

प्रकाशित: २८ कार्तिक २०८० १५:०४ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast