हेर्नुहोस् ‘कबड्डी ४ : द फाइनल म्याच’

हिमाल प्रेस १४ कार्तिक २०८० १७:३९
256
SHARES
हेर्नुहोस् ‘कबड्डी ४ : द फाइनल म्याच’

काठमाडौँ– गतवर्ष प्रदर्शन भएको फिल्म ‘कबड्डी ४ः  द फाइनल म्याच’ युट्युबमा सार्वजनिक भएको छ। मंगलबार (आज) बाँसुरी फिल्म्स् नामक युट्युब च्यानलबाट फिल्म सार्वजनिक गरिएको हो।

यो गतवर्ष प्रदर्शन भएका ५२ नेपाली फिल्ममध्ये सर्वाधिक व्यापार गर्ने पहिलो फिल्म हो। चलचित्र विकास बोर्डको विवरणअनुसार फिल्मले ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार ४ सय ६२ ग्रस व्यापार गर्न सफल भएको थियो।

‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

बाँसुरी फिल्म्स् र सुष्मा प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, स्व. जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ।

सामाजिक कथावस्तुमा आभारित फिल्म शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीतमा बनेको छ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले निर्माण गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =