‘दयारानी’को पोस्टर सार्वजनिक, माघ २६ बाट प्रदर्शन

हिमाल प्रेस १४ कार्तिक २०८० ११:३१
26
SHARES
‘दयारानी’को पोस्टर सार्वजनिक, माघ २६ बाट प्रदर्शन

काठमाडौँ- अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनीत फिल्म ‘दयारानी’को प्रदर्शन मिति सार्वजनिक भएको छ।

मंगलबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।

पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई देख्न सकिन्छ।

माओत्से गुरुङको डेब्यु निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घलेलगायतका कलाकारको अभिनय छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु र अपिल विष्ट हुन्।

 

प्रकाशित: १४ कार्तिक २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =