सहरमा आज : नेपाली फिल्म ‘परदेशी २’ हेर्ने कि ‘भष्मे डन’?

सुस्मिता बजगाईं ११ कार्तिक २०८० ६:१२
46
SHARES
सहरमा आज : नेपाली फिल्म ‘परदेशी २’ हेर्ने कि ‘भष्मे डन’?

काठमाडौँ- नेपालीको महान् चाड दसैँको शनिबार अन्तिम दिन। उपत्यकामा गाउँबाट फर्किनेको लर्को छ। दसैँको व्यस्तताबाट थोरै फुर्सद छ भने हलमा दसैँका अवसरमा प्रदर्शन गरिएको नेपाली र हिन्दी फिल्म प्रदर्शन भइरहेका छन्। केही फिल्मले त निकै आम्दानी गरिरहेको चर्चा छ।

नेपालीमा ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ चलिरहेको छ। त्यस्तै बलिउड फिल्म ‘गणपत’ र साउथ फिल्म ‘लियो’ प्रदर्शनरत छ।

परदेशी २

फिल्म ‘परदेशी २’ असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। फिल्ममा लोकप्रिय प्रकाश सपूत मुख्य भूमिकामा छन्। यसै फिल्मबाट सपूतले फिल्ममा डेब्यू गरेका हुन्। परदेशीको पीडालाई विषयवस्तु बनाइएको फिल्मका निर्देशक रायमाझी हुन्।

फिल्ममा अन्य कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।

रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ। नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल)ले संयुक्त लगानी गरेका छन्।

शनिबार उपत्यकामा क्यूएफएक्सअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स र कीर्तिपुर सिनेप्लेसमा फिल्मको सो छ।

‘पशुपति प्रसाद २ : भष्मे डन’

कात्तिक ४ गतेदेखि फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ प्रदर्शन भइरहेको छ।

यो फिल्म ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’ (विपिन कार्की) मा केन्द्रित छ। पशुपति प्रसादको मृत्युपछि भष्मे डन कुन रूपमा अघि बढ्छ भन्ने फिल्मको कथावस्तु हो।
फिल्ममा अन्य कलाकार सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

टुकी आट्र्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ।
शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, क्यूज सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेस, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’ प्रदर्शनरत छ।

लियो : ब्लडी स्विट

दक्षिण भारतीय फिल्म ‘लियो: ब्लडी स्वीट’ कात्तिक दुई गतेदेखि नै नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा कलाकार थलापति विजय छन्।
फिल्ममा विजयले लियो पात्रको भूमिकामा अभिनय गरेका छन्। थ्रिलर र एक्सन जनरामा बनेको फिल्ममा थलापति विजयसहित तृषासहित विजय सेतुपति, सञ्जय दत्त, कमल हसन, प्रिया आनन्द, गौतम वासुदेव मेनन, मनसुर अलि खानलगायत कलाकारको अभिनय छ।

लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा ललित कुमारले लगानी गरेका छन्।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेस, विश्वज्योति सिनेप्लेक्स दक्षिण भारतीय फिल्म ‘लियो: ब्लडी स्वीट’ चलिरहेको अन्य हल हुन्।

बासेन्जी

फिल्म ‘बासेन्जी’ असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। यो नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। यसको निर्देशन अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले गरेका हुन्।
फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ। फिल्म गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो।
उपत्यकामा शनिबार रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

‘गणपत’

बलिउड फिल्म ‘गणपत: अ हिरो इज बर्न’ कत्तिक ३ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा कलाकार टाइगर श्राफ मुख्य भूमिकामा छन्। उनी गणपत बक्सरको भूमिकामा देखिएका छन्।

विकास बहलले लेखन तथा निर्देशन गरेको फिल्ममा टाइगरसहित अमिताभ बच्चन र कृति सेननको पनि मुख्य अभिनय छ। फिल्म निर्देशक विकास बहलसहित बाशु भग्नानी, दीपशिखा देशमुख र ज्याकी भग्नानीले संयुक्त लगानी गरेका छन्।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स र लबिम मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, सीडीसी सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: ११ कार्तिक २०८० ६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =