पाल्पामा फेरि अर्काे गाडी दुर्घटना, ५ घाइते

हिमाल प्रेस ६ कार्तिक २०८० ११:०८
8
SHARES
पाल्पामा फेरि अर्काे गाडी दुर्घटना, ५ घाइते

पाल्पा- पाल्पाकाे आर्यभन्ज्याङ-रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान सोमबार बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घाइते हुनेमा चालक पाल्पा रम्भा गाउँपालिका-४ रमईडाँडाका कृष्ण सारु, नरेन्द्र दर्लामी, दिलबहादुर कुँवर मगर, मोहनसिंह दर्लामी सुरेश रहेका छन्। कृष्ण र नरेन्द्रको शरीरमा बढी नै चोट लागेको छ भने अन्य तीन जना सामान्य घाइते भएका छन्।

प्रहरी चौकी ताहुँबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।

बिहान ५ बजे साे भ्यान सडकदेखि २ सय मिटर तल खसेर दुर्घटना भएको हाे। दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

दुर्घटनास्थल यसअघि १४ जनाको ज्यान जाने गरी भएको हुमिन बस नजिकै पर्छ।

पाल्पाकाे तानसेनमा आइतबार मात्रै रानीमहल घुमेर फर्किने क्रममा स्करपियाे दुर्घटना भएको थियाे। जसमा एकै परिवारका ६ जनाकाे मृत्यु भएकाे छ।

प्रकाशित: ६ कार्तिक २०८० ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =