यस्तो छ खसी-बोका-च्यांग्राको सरकारी मूल्य [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३० असोज २०८० १७:१२
56
SHARES
यस्तो छ खसी-बोका-च्यांग्राको सरकारी मूल्य [तस्बिरहरू]

काठमाडौँ- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ। कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट मंगलबारदेखि खसी, बोका र च्यांग्रा बेच्न थालेको हो।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी-बोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।

यो कम्पनीले दिएको प्रतिकिलो १० रुपैयाँ छुटपछिको मूल्य हो। कम्पनीका अनुसार खसी-बोका मकवानपुर, दाङ र कैलालीबाट तथा च्यांग्रा रसुवाबाट सोमबार काठमाडौँ ल्याइएको हो।

यस वर्षको दसैँमा कम्पनीले दुई हजार खसी बोका र एक हजार च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ।

  

प्रकाशित: ३० असोज २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =