काठमाडौँमा लुटेरामाथि प्रहरीले चलायो गोली : सिन्धुलीका घलानसहित तीन जना पक्राउ

हिमाल प्रेस २५ असोज २०८० १५:०८
170
SHARES
काठमाडौँमा लुटेरामाथि प्रहरीले चलायो गोली : सिन्धुलीका घलानसहित तीन जना पक्राउ

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका ३ जगडोलमा तीन वटा मोटरसाइकलमा आएका लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको हो। प्रहरीले प्रहार गरेको गोली लागेर सिन्धुली कमलामाइ नगरपालिका २ का ३६ वर्षका अमर घलान घाइते भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

मैनालीका अनुसार घलानको घुँडामुनि र तिघ्रामा गोली लागेको छ। उनलाई अहिले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि पुर्‍याइएको छ।

मोटरसाइकलसँगै भागेका अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका दुई जना सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा छन्। उनीहरू चढेका दुईवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

तर अर्को मोटरसाइकलमा रहेका दुईजना भने फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त समूहबाट ७ राउन्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ। फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

पक्राउ गरेका ‘लुटेरा’को समूहले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको पाइएको छ। यही सूचनाका आधारमा पिछा  गरिरहेको काठमाडौ‍ँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए।

प्रकाशित: २५ असोज २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =