ट्राफिक सचेतना सप्ताह सम्पन्न

हिमाल प्रेस २२ असोज २०८० १९:३९
52
SHARES
ट्राफिक सचेतना सप्ताह सम्पन्न

काठमाडौँ- काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० कंलकीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले आयोजना भएको सचेतना मुलक ट्राफिक सप्ताह कार्यक्रम गर्ने गरिएको छ।

ट्राफिक प्रहरी प्रभाग कंलकी र विभिन्न संधसंस्थाको सहकार्यमा सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम विभिन्न सचेतना मुलक कार्यक्रम गरी सम्पन्न भएको ट्राफिक प्रभाग कंलकीका कार्यालय प्रहरी प्रमुख निरीक्षक युवराज कटुवालले जानकारी दिए।

सप्ताह कार्यक्रम अन्तर्गत कंलकी ट्राफिक प्रहरीले सामुदायिक विद्यालय तथा कंलकीमा रहेका निजी कलेजहरूका विद्यार्थीलाई ट्राफिक सचेतना साप्ताहिक कक्षा सञ्चालन गरिएको थियो। कार्यालयका प्रमुख प्रहरी निरीक्षक कटुवालले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। ‘सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुर्‍याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ,’ उनले भने ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहानको लाइन लगाउने समयमा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिने उनको भनाइ छ। यस्तै विद्यालयको समन्वयमा थप सचेतना कक्षासमेत सञ्चालन गर्ने कार्यालयले जनाएको छ । उनले भने, ‘सडकको अवस्था, चालकको कमजोरी र ट्राफिक जनचेतनाको कमीले दैनिक सवारी दुर्घटना बढ्दै गएका छन्।’

साथै उक्त कार्यक्रममा काठमाडौँ महानगर-१४ कलंकीका युवा व्यवसायी तथा समाजसेवी शैलेश अधिकारी, सुरेश रायमाझी, विजय मोक्तान, अजय मोक्तानलगायतका युवाहरूको सहकार्य रहेको उक्त कार्यक्रममा सडक दुर्घटना न्युनीकरण गर्न सडक मर्मतलाई ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका थिए।

युवा व्यवसायी अधिकारीले मानव जीवन सबैभन्दा अमूल्य भएकाले जीवन रक्षाका लागि दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा थप टेवा पुर्‍याउने उद्देश्यले आफूले पनि सहकार्य गरेको बताए। कार्यक्रममा सवारी दुर्घटनाबाट बचौँ र बचाऔँ, सवारी दुर्घटना न्युनीकरणमा तपाईँ हाम्रो भूमिकालगायत ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरिएको थियो।

प्रकाशित: २२ असोज २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =