नाकामा बसेर यात्रीको टिकट जाँच गर्दै ट्राफिक प्रहरी

हिमाल प्रेस २ कार्तिक २०८० १५:१९
18
SHARES
नाकामा बसेर यात्रीको टिकट जाँच गर्दै ट्राफिक प्रहरी अरनिको राजमार्ग खण्डमा भाडाको बसमा यात्रा गरिरहेका यात्रीको टिकट जाँच गर्दै ट्राफिक प्रहरी।

काठमाडौँ– ट्राफिक प्रहरीले नाकामा बसेर भाडाका सवारीसाधनले बढी भाडा लिए नलिएको विषयमा सोधपुछ गर्न थालेको छ। सर्वसाधारणलाई ठगिन नदिन यसरी सोधपुछ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

नागरिक नठगियून् भनेर यसरी भाडा सोध्ने गरिएको सोधपुछमा खटिएका ट्राफिक प्रहरी असई कृष्णमणि भण्डारीले बताए। उनका अनुसार सर्वसाधारण यात्रीबाट बढी भाडा लिएको, एउटै सिटका टिकट दुई जनालाई बिक्री गरिएको जस्ता गुनासा आउन थालेपछि भाडा र टिकट जाँच गर्न थालिएको हो।

दसैँका अवसरमा उपत्यका छाड्ने सर्वसाधारण बढेपछि उपत्यकाका विभिन्न नाकामा सवारी साधानको चाप बढेको छ। जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारीसाधनको चाप बढेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो। उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढी छ।

घर फर्कनेको पाँच बढेपछि सहज रूपमा सवारीसाधन नपाउने, बढी भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगायतका समस्या लिएर सर्वसाधारण आउने गरेको नागरिकता सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरुले बताएका छन्।

प्रकाशित: २ कार्तिक २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =