लागुपदार्थ सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ

हिमाल प्रेस १३ माघ २०८० ७:०४
20
SHARES
लागुपदार्थ सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ फाइल तस्बिर

काठमाडौँ- ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुईजना चालकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो ।

बा३ख १४८४ नम्बरका माइक्रो चालक उदयपुरको त्रियुगा नगरपालिका ९ का ३० वर्षीय दिनेश क्यापछाकी र लु२ख ८३४ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका ६ का ३३ वर्षीय सुमित रानालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

प्रकाशित: १३ माघ २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =