भोलि काठमाडौँमा अत्यावश्यक कामबाहेक सवारी लिएर नहिड्न प्रहरीको आग्रह

हिमाल प्रेस ६ मंसिर २०८० १५:१५
38
SHARES
भोलि काठमाडौँमा अत्यावश्यक कामबाहेक सवारी लिएर नहिड्न प्रहरीको आग्रह

काठमाडौँ- बिहीबार नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईको समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन्। प्रसाईको समूह व्यवस्था परिवर्तनकै लागि भन्दै आन्दोलनमा होमिँदैछ भने युवासंघ अहिलेको व्यवस्थालाई बचाउँदै देश विकास गर्नुपर्ने अडानसहित आन्दोलनमा जाँदैछ।

दुवैको प्रदर्शनमा सहभागी हुन बाहिरी जिल्लाबाट काठमाडौँ भित्रिनेको संख्या बाक्लिँदो छ। बिहीबार काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक सवारी साधन लिएर ननिस्किन भनेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको हो। काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यकामा सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने जनाएको छ

प्रकाशित: ६ मंसिर २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =