अधिकांश क्षेत्रमा मौसम सफा रहने

हिमाल प्रेस २२ असोज २०८० ६:३६
8
SHARES
अधिकांश क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ- यस वर्षको मनसुन आइतबारदेखि नेपालको कर्णाली प्रदेशको अधिकांश भूभाग र लुम्बिनी प्रदेशको पश्चिम भूभागबाट पनि बाहिरिएको छ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो।

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २२ असोज २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =