इजरायल : हमास आक्रमणमा परी ६ सय जनाभन्दा बढीको मृत्यु

हिमाल प्रेस २१ असोज २०८० २१:२२
14
SHARES
इजरायल : हमास आक्रमणमा परी ६ सय जनाभन्दा बढीको मृत्यु फाइल तस्बिर : एपी

काठमाडौँ- इजरायलमा हमासले शनिबार गरेको आक्रमणमा परी ६ सय जनाभन्दा बढीको मृत्यु भएको छ। इजरायल सरकारले आइतबार उक्त जानकारी गराएको छ।

मृत्यु हुनेमा ४४ जना आफ्ना सैनिक पनि रहेका इजरायले सरकारले उल्लेख गरेको छ। हमासले १ सय जनाभन्दा बढीलाई बन्धक बनाएको र २ हजार जनाभन्दा बढी घाइते भएका विवरण इजरायल सरकारले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको छ।

इजरायलले पनि हमासविरुद्ध आक्रमण थालिएको बताएको छ। आफ्नो आक्रमणमा ३ सय ७० जनाभन्दा बढी मारिएको दाबी इजरायलले गरेको छ। यसअघि हमासले शनिबार बिहान इजरायलको गाजा सहरमा रकेट आक्रमण गरेको थियो।

उक्त आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ भने १ जना बेपत्ता रहेका छन्।

प्रकाशित: २१ असोज २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =