बग्न थाल्यो किम्रोङ खोला

हिमाल प्रेस २१ असोज २०८० १४:२५
4
SHARES
बग्न थाल्यो किम्रोङ खोला

पोखरा- पहिरोबाट थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेपछि स्थानीयले राहत महसुस गरेका छन्।

खहरे खोला किम्रोङमा शनिबार आएको अविरल वर्षासँगै खसेको पहिरोले २४ घण्टादेखि बहाव रोकिएको थियो ।

गाउँपालिका वडा ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले थुनिएको खोलाको छेउबाट बिस्तारै पानी बग्न थालेकाले तत्काल सम्भावित क्षति टरेको बताए ।

आफैले प्रत्यक्ष हेरेर आएको बताउँदै उनले किम्रोङ थुनिँदा त्यहाँ ठूलो ताल बनेको थियो । किम्रोङ मोदी खोलामा मिसिन्छ ।

यसअघि वडा कार्यालयले सूचना जारी गर्दै किम्रोङ खोला र मोदी खोला आपपासका वासिन्दालाई नदी र खोलाको छेउछाउ नजान र उच्च सतर्कता अपनाई खुरक्षित रहन आग्रह गरेको थियो ।

प्रकाशित: २१ असोज २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =