झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार, प्रदेश पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा दर्ता

हिमाल प्रेस २१ असोज २०८० १४:१९
14
SHARES
झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार, प्रदेश पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ- झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।

भ्रष्टाचारको आरोपमा अख्तियारले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार, सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्काविरुद्ध विशेष अदालतलमा मुद्दा दायर गरेको हो।

प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरू अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायले भ्रष्टाचार गरेको ठहरसहित आयोगले मुद्दा दर्ता गराएको छ।

सर्प पाल्ने परियोजनाका लागि पूर्वमन्त्रीसहित आयोग पदाधिकारीले १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ दुरुपयोग गरेको अख्तियारले ठहर गरेको छ।

त्यस्तै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले सोही परियोजनाका लागि ३ करोड २७ लाख दुरुपयोग गरेको आयोगको ठहर छ।

प्रकाशित: २१ असोज २०८० १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =