यी हुन् माध्यमिक नेपाली र अंग्रेजीका लागि सिफारिस शिक्षक [नामावलीसहित]

हिमाल प्रेस २१ असोज २०८० ११:२६
6.3k
SHARES
यी हुन् माध्यमिक नेपाली र अंग्रेजीका लागि सिफारिस शिक्षक [नामावलीसहित]

काठमाडौँ– शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली र गणित विषय शिक्षकको सिफारिस गरेको छ। आयोगले लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट भएका प्रतिस्पर्धीहरूलाई नियुक्तिका लागि सिफारिस गरेको हो। आयोगको सिफारिससँग अब शिक्षकहरू नियुक्ति प्रक्रिया सुरु हुनेछ।

आयोगले सिफारिस भएको उम्मेदवारहरूको सूची शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनेछ। कुनकुन जिल्लाका लागि कति शिक्षक आवश्यक रहेको भन्ने विवरण केन्द्रसँग रहेको हुन्छ। सोही आधारमा केन्द्रले प्रदेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयलाई विवरण पठाउनेछ।

त्यसपछि प्रदेश निर्देशनालयले जिल्ला छनोटका लागि आह्वान गर्नेछ। यसरी जिल्ला छनोट गर्दा निर्देशनालयले उपलब्ध गराएको सूचीलाई मात्रै आधार बनाउनुपर्नेछ। जिल्ला छनोटपछि समावेशी र मेरिटका आधारमा निर्देशनालयले जिल्ला तोकिदिनेछ। त्यसपछि सम्बन्धित जिल्लामा गएर नियुक्ति लिन पाइनेछ।

प्रकाशित: २१ असोज २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =