सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भन्ने उद्देश्यले राजीनामा दिएँ : मुख्यमन्त्री कार्की

हिमाल प्रेस २० असोज २०८० १७:१०
14
SHARES
सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भन्ने उद्देश्यले राजीनामा दिएँ : मुख्यमन्त्री कार्की प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामापत्र बुझाउँदै मुख्यमन्त्री हिक्मतबहादुर कार्की।

इटहरी-  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आफूले जातीय, धार्मिक एवम् सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भन्ने उद्देश्यले पद त्याग गरेको दाबी गरेका छन्। विश्वासको मत नपाउने संकेत पाएपछि उनले शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

उनले प्रदेश प्रमुखसमक्ष पेस गरेको राजीनामापत्रमा भने जातीय, धार्मिक एवम् सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भन्ने उद्देश्यले राजीनामा गरेको उल्लेख छ। प्रदेशसभाबाट विश्वासको मत पाउनका लागि गरेको प्रयास विफल भएपछि उनी पदबाट राजीनामा दिने निष्कर्षमा पुगेका थिए।

कार्कीले पेस गरेको राजीनामापत्रमा उल्लेख छ, ‘प्रदेश सरकारको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न जातीय, धार्मिक एम् सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भन्ने उद्देश्यले विश्वासको मत प्राप्त गर्ने विधि र प्रक्रिया अगाडि नबढाउन र त्यस्तो विधि, प्रक्रियालाई अस्वीकार नगरी संवैधानिक दृष्टिकोणले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको भूमिका प्रभावकारी रूपमा स्थापित गर्न, विश्वासको मत प्राप्त हुने वा नहुने विषयको परीक्षण गर्नुपूर्व नै माननीय प्रदेश प्रमुखज्यू समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु।’

कार्कीले केही समयअघि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामापत्र बुझाएका हुन्।  कोशी प्रदेशमा अब संविाधानको धारा १६८ (५) अनुसार सरकार गठन हुनेछ ।

प्रकाशित: २० असोज २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =