राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १९ असोज २०८० ३:५०
10
SHARES
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

प्रमाणपत्र बुझाउने राजदूतहरुमा स्वीट्जरल्याण्डका राजदूत डेनियल म्युले मोन्टेलियोन (आवासीय), यूरोपियन युनियनका लोरेन्जो भेरोनिक (आवासीय), स्विडेन अधिराज्यका जन थेसलेफ (गैरआवासीय) हंगेरीका इष्टभान इस्जाभो (गैरआवासीय) र चेक गणतन्त्रका गैरआवासीय राजदूत डा. एलिस्का जिगोभा रहेका छन्।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

प्रकाशित: १९ असोज २०८० ३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =