भूकम्पको क्षति हेर्न बझाङ पुगे प्रधानमन्त्री

हिमाल प्रेस १९ असोज २०८० १४:५६
10
SHARES
भूकम्पको क्षति हेर्न बझाङ पुगे प्रधानमन्त्री

चैनपुर– भूकम्प प्रधावित क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट सुर्खेत हुँदै नेपाली सेनाको हेलिकोप्टरमार्फत् बझाङ पुगेका हुन्।

बझाङमा रहँदा प्रधानमन्त्री प्रचण्डले भूकम्पले क्षतिग्रस्त बस्तीहरूको निरीक्षण गर्ने र भूकम्पपछि राहत तथा उद्धार र पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुर र तलकोट क्षेत्रका बस्तीहरूको निरीक्षण गर्नेछन्।

असोज १६ गते, मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा १ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्। भूकम्पका कारण ७० भन्दा बढी निजी तथा सार्वजनिक घर र भवनहरूमा पूर्ण क्षति पुगेको छ।

भूकम्पका कारण घाइते भएकामध्ये १३ जना उपचार गरेर घर फर्किसेका छन्। ५ जनालाई अन्यत्र रिफर गरिएको छ। जिल्ला अस्पताल बझाङमा २ जनाको उपचार भइरहेको जनाइएको छ। जिल्ला अस्पतालमा उपचाररत २ जनाको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित: १९ असोज २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =