गण्डकी एमालेमा पृथ्वीसुब्बाकै जित, अध्यक्षमा नवराज निर्वाचित

विजय नेपाल १९ असोज २०८० ६:५३
गण्डकी एमालेमा पृथ्वीसुब्बाकै जित, अध्यक्षमा नवराज निर्वाचित

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

उनले अध्यक्षका प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। म्याग्दीका नवराज यसअघि पनि अध्यक्ष थिए।

निर्वाचित नवराजले कुल खसेको ८ सय ९६ मतमध्ये ५ सय ३१ प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत ल्याएको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिए।
पदाधिकारीमा नवराज प्यानल नै निर्वाचित भएको हो।

उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ विजयी भए। उनले ५ सय ३४ मत प्राप्त गर्दा उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे। मीन पनि अधिकारी प्यानल हुन्।

सचिवमा लमजुङका धनञ्जय दवाडी निर्वाचित भए। उनले ५ सय २० मत प्राप्त गर्दा कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत निर्वाचित भए। उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए।
उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन्।

नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।

प्रकाशित: १९ असोज २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =