रिगलको कैद मिनाहाविरुद्ध रिट : सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश

हिमाल प्रेस १८ असोज २०८० १७:०९
162
SHARES
रिगलको कैद मिनाहाविरुद्ध रिट : सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश रिगल

काठमाडौँ- नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योग ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। चेतनकी श्रीमती भारतीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र जवाफ पेस गर्न सरकारसहितलाई आदेश दिएको हो।

इजलासले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश दिएको छ। साथै उक्त रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न पनि सर्वोच्चले भनेको छ। हत्यारा ठहर भएका रिगल संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी दिएपछि तुलसीपुर कारागारबाट मुक्त भएका थिए।

२०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको दाबीसहित सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

उनी सजाय माफी पाएर छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। भारतीले न्याय माग्दै बुधबार दिउँसो माइतीघर मण्डलबाट अनशन समेत सुरू गरेकी छन्। उनी अनसनकै क्रममा ढलेकी थिइन्। पछि वीर अस्पतालमा उपचारपछि उनी माइतीघर नै फर्किएकी छन्।

रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए। हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। त्यामा संलग्न रहेको भन्दै अन्य १२ जनालाई पनि तीनदेखि १० वर्ष कैद सजाय तोकेको थियो।

माफी पाएपछि बाजागाजासहित रिगललाई कांग्रेस र तरुण दलका नेताहरूले कारागारकै गेटमा स्वागत गरेका थिए। यो घटनालाई लिएर कांग्रेसका नेताहरूको पनि निकै आलोचना भइरहेको छ।

प्रकाशित: १८ असोज २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =