विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

हिमाल प्रेस १८ असोज २०८० १३:२०
2
SHARE
विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। अवैध रुपमा लुकाइ छिपाइ भन्सार छलेर ल्याएको ३ सय २० ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन्। हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम सुन बरामद भएको थियो।

त्यसैगरी जबेरीलाई विमानस्थलको आगमन लिफ्ट भर्याङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको १ थान सुनको बालासहित फेला पारी दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रकाशित: १८ असोज २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =