बझाङ भूकम्पबारे छलफल गर्न ३६ घण्टापछि बोलाए प्रधानमन्त्रीले बैठक

हिमाल प्रेस १७ असोज २०८० १८:३१
8
SHARES
बझाङ भूकम्पबारे छलफल गर्न ३६ घण्टापछि बोलाए प्रधानमन्त्रीले बैठक

काठमाडौँ- बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक बैठक बोलाएका छन्। मंगलबार बझाङ केन्द्रबिन्दु भएर भूकम्प जाँदा बझाङ र आसपासका जिल्लामा ठूलो भौतिक क्षति भएको छ।

प्रधानमन्त्री दाहालले यसैबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका हुन्। बैठक बिहीबार बिहान बस्नेछ। बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापनालगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीले आज बुधबार बझाङका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरेका थिए। त्यसपछि उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका हुन्।

प्रकाशित: १७ असोज २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =