
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्। देउवा अहिले निवासमै आराम गरिरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार देउवाले तीन दिनदेखि भेटघाट पनि बन्द गरेका छन्।
देउवालाई रुघाखोकी लागेको छ। बिहीबारदेखि उनले राजनीतिक भेटघाट सुरु गर्नेछन्।
प्रकाशित: १७ असोज २०८० १५:४८
प्रतिक्रिया