‘हात्तीछाप’को नयाँ पोस्टरमा कलाकारै कलाकार

हिमाल प्रेस १६ असोज २०८० १२:३७
8
SHARES
‘हात्तीछाप’को नयाँ पोस्टरमा कलाकारै कलाकार

काठमाडौँ- फिल्म ‘हात्तीछाप’को तेस्रो पोस्टर सार्वजनिक गरिएको छ।

पात्र अंकित सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विल्सनविक्रम राई, विजय बराल देखिएका छन्। पोस्टरमा दयाहाङ र उपासनाको जोडी बाँधिएको छ। सौगातको अवतारले भने दर्शकलाई उत्साहित बनाउने निश्चित छ।

फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ। सिमोस सुनुवारको निर्देशन, प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा अन्य कलाकार कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरेलगायत छन्।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म काठमाडौँ र पोखरामा खिचिएको छ। फिल्म सुशन प्रजापतिले छायांकन गरेका छन्। सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्ममा प्रदीप भारद्वाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ। पुष्कर गुरुङ र अमलादेवी राइको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्।

प्रकाशित: १६ असोज २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =