२२० कम्पनीको सेयर मूल्य घट्यो, समग्र परिसूचक ३३ अंकले ओरालो

हिमाल प्रेस १४ असोज २०८० १५:२३
8
SHARES
२२० कम्पनीको सेयर मूल्य घट्यो, समग्र परिसूचक ३३ अंकले ओरालो

काठमाडौँ– आइतबार सेयर बजारमा कारोबार भएकामध्ये २२० कम्पनीको मूल्य घटेको छ। कारोबार सुरु भएदेखि लगातार घटेको परिसूचक १९७१ बिन्दुमा झरेको छ। समग्र परिसूचक ३३ अंकले घट्यो।

आज १० वटा कम्पनीको मात्र मूल्य बढेको छ। सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो। आइतबार यसको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँले बढेर ४२९ रुपैयाँ पुगेको छ।

कारोबार रकमका हिसाबले सिटिजन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यो कम्पनीको कारोबार आजदेखिमात्रै सुरु भएको हो। प्रिमियममा सेयर जारी गरेको कम्पनीको मूल्य पहिलो दिनमै प्रतिकित्ता ५०.८० रुपैयाँले घटेको छ।

आइतबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक घट्यो। समग्र कारोबार १ अर्ब ८३ करोड रुपैयाँ बराबरको भएको छ।

प्रकाशित: १४ असोज २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =